रौतहटको सडकछेउमा भेटियाे शंकास्पद वस्तु, डिस्पोज गर्दा माटाेकाे थुप्राे
२०८२ फागुन १८ गते

वीरगन्ज । रौतहटको राजपुर नगरपालिका ३ को सडकछेउमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ ।
सडकछेउमा शङ्कास्पद वस्तु ड्रम राखिएको रौतहट प्रहरी प्रमुख एसपी सिताराम रिजालले बताए । उनका अनुसार ग्रामीण सडक किनारमा बेवारिसे अवस्थामा रहेको ड्रम देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए ।
त्यसलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको उनको भनाइ छ । गौर पुरेनवास्थित नारायण दल गणबाट नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा माटोको थुप्रो भेटिएको उनले बताए ।
२०८२ फागुन १८ गते
प्रतिक्रिया
सम्बन्धित








