सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । सुपर खुदी हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान आइपीओ बाँडफाँड गरिएको हो ।

कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कुल १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा २६ लाख २० हजार ३४१ आवेदकबाट कुल २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयरका लागि आवेदन परेको थियो । सोमध्ये २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएको छ भने ३९ हजार ८७१ आवेदन रद्द भएका थिए ।

गोला प्रथाबाट १ लाख २८ हजार ६५० आवेदकले १०-१० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।

आईपीओको नतिजा सिडीएसीको आइपीओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =