मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेनको अनुरोध
२०८२ फागुन १६ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले त्यहाँस्थित नेपाली राजदूतावासले असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई सावधानी अपनाउन आग्रह गरेको उल्लेख गरेका छन् ।
सकेसम्म घरभित्रै सुरक्षित रहन, स्थानीय सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न, अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न तथा नजिकैको सुरक्षित आश्रयस्थलबारे जानकारी राख्न उनले अनुरोध गरेका छन् ।
यस्तै, आधिकारिक सूचना र समाचारमा ध्यान दिन तथा राजदूतावाससँग नियमित सम्पर्कमा रहन पनि उनले आग्रह गरेका छन् ।
यस्तो छ बालेनको स्टाटस
मध्य पुर्वी एसियका विभिन्न देशमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा विशेष अनुरोध!
त्यहा स्थित राजदूतावासले हालको असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। कृपया सकेसम्म घरभित्रै सुरक्षित रहनुहुन, स्थानीय सुरक्षा निकायका निर्देशनहरू पूर्ण रूपमा पालना गर्नुहुन, अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्नुहुन र नजिकैको सुरक्षित आश्रयस्थलको जानकारी राख्नुहुन अनुरोध गर्दछु।
साथै, आधिकारिक सूचना, समाचार र राजदूतावाससँग नियमित सम्पर्कमा रहनुहुन समेत अनुरोध छ।
सुरक्षित रहनुहोस्, सजग रहनुहोस्। 
२०८२ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित










