मध्यपूर्वमा रहेका नेपालीलाई सुरक्षित र सजग रहन ओलीको आग्रह
२०८२ फागुन १६ गते

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले संयुक्त अरब इमिरेट्स, इजरायल, इरान लगायत मध्यपूर्वी देशहरूमा रहेका सबै नेपालीलाई सुरक्षित र सजग रहन आह्वान गरेका हुन् ।
ओलीले ती देशहरूमा रहेका नेपाली दूतावास तथा नेपाल सरकारलाई नेपाली नागरिकको सुरक्षामा अविलम्ब परिचालित हुन अनुरोधसमेत गरेका छन् ।
मध्यपूर्वमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत तथा बसोबास गरिरहेका नेपालीहरू प्रभावित हुन सक्ने आशंका व्यक्त गर्दै उनले आवश्यक सतर्कता अपनाउन आग्रह गरेका हुन् ।
२०८२ फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित










