हामी देशीविदेशी प्रतिक्रियावादीहरू विरुद्ध अभियान छेड्छौँ: प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशीविदेशी प्रतिक्रियावादीहरू विरुद्ध अभियान छेड्ने चेतावनी दिएका छन् ।

शनिवार रोल्पाको लिवाङमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उनले सो चेतावनी दिएका हुन् ।

संयोजक दाहालले देशलाई अप्ठ्यारोबाट पार लगाउन र मुलुकमा सुशासन, सामाजिक न्याय र समृद्धिको नयाँ यात्रासहित समाजवादतिर अघि बढ्नका लागि पनि फेरि एकचोटी देशीविदेशी प्रतिक्रियावादी शक्तिविरुद्ध राष्ट्रव्यापी अभियान छेडनुपर्ने अवस्था आएको बताए ।

उनले आसन्न निर्वाचनमार्फत आफूहरूले मुलुकको स्वाधीनता र आत्मासम्मानमाथि प्रहार गर्नेहरूलाई प्रतिवाद गरेर अघि बढ्ने सन्देश प्रवाह गर्न चाहेको पनि बताए ।

संयोजक दाहालले भने ‘देशलाई अप्ठ्यारोमा पार्न खोजिएको छ । देश अप्ठ्यारोमा परेको पनि छ । यो अप्ठ्यारोबाट देशलाई निकास दिनका लागि जनताको आवश्यकता अनुसार सुशासन, सामाजिक न्याय र समृद्धिको एउटा नयाँ यात्रामार्फत समाजवादतिर अगाडि बढ्नका लागि एकचोटी फेरी केन्द्रीय आधार इलाकाको रूपमा रहेका जनताले नयाँ शीराबाट नयाँ रूपबाट, नयाँ अभियान चलाउनुपर्ने भएको छ । त्यसकारण म प्रमुख नेतृत्वको हैसियतले फेरी एकचोटी केन्द्रीय आधार इलाकाका जनतासँग अपिल गर्न चाहन्छु–यदि प्रतिक्रियावादी र तिनका दलालहरूले, विदेशी शक्ति र तिनका दलालहरूले नेपालको स्वाधीनता र आत्मासम्मानमाथि प्रहार गर्ने कोसिस गर्छंन भने नेपाली जनता नयाँ एकताका साथ नयाँ शक्तिका साथ त्यसको प्रतिवाद गर्नेछन् भन्ने विश्वास र यो सन्देश देशभर प्रवाहित गर्न र, यहाँ उभिएर देशभरि मात्रै होइन, विश्वभर रहेका नेपालीहरूलाई पनि फेरी एकचोटी नयाँ एकताका साथ नयाँ संकल्प र आत्माविश्वासका साथ प्रतिक्रियावादी र तिनका दलाल विरुद्ध अभियान छेड्नका लागि हामी यहाँ छौँ ।’

संयोजक दाहालले देशलाई संकटबाट पार लगाउन सबै शक्तिहरूले सहकार्य गरेर अघि बढ्नुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =