लिग–२ शृंखलाका लागि २० खेलाडी बन्द प्रशिक्षणमा, को–को परे ?

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको आगामी शृंखलाका लागि २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । क्यानले २० सदस्यीय प्रारम्भिक टोली घोषणा गर्दै तयारी सुरु गरिएको जनाएको हो ।
टोलीको कप्तानी रोहित पौडेलले गर्नेछन् भने अलराउन्डर दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा रहेका छन् । अनुभवी खेलाडीसँगै केही युवा प्रतिभालाई पनि अवसर दिइएको क्यानले जनाएको छ ।
बन्द प्रशिक्षणका लागि रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, भीम सार्की, आरिफ शेख, बसिर अहमद, गुल्सन झा, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, ललित राजवंशी, शाहव आलम, शेर मल्ल, ईशान पाण्डे, आकाश चन्द र हेमन्त धामीलाई समावेश गरिएको छ ।
क्यानका अनुसार प्रशिक्षणका क्रममा खेलाडीहरूको फिटनेस, रणनीतिक तयारी तथा टोली संयोजनमा विशेष ध्यान दिइनेछ । बन्द प्रशिक्षण सम्पन्न भएपछि अन्तिम टोली घोषणा गरिनेछ ।









