रास्वपाको प्रचार गाडीको ठक्करबाट प्यूठानमा चार जना घाइते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारमा प्रयोग भएको गाडीले ठक्कर दिँदा प्यूठानमा चार जना घाइते भएका छन् ।

दुर्घटनामा मोटरसाइकल चालक प्युठान नगरपालिका–५ जुम्रीकाँडाका २० वर्षीय जीवन बिश्वकर्मा र मोटरसाइकलमा सवार सोही स्थानका २१ वर्षीय रेशम खड्का घाइते भएका छन् ।

त्यसैगरी स्कुटर चालक लमही नगरपालिका–६ देउपुर दाङ निवासी २६ वर्षीय दीपक पोख्रेल र उनकी २५ वर्षीया श्रीमती सुजता भण्डारी पनि दुर्घटनामा घाइते भएका छन् ।

लु १ च ७७६९ नम्बरको पिकअप जीपले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्यूठान नगरपालिका बाग्दुला नजिकै दुर्घटना भएको हो ।

घाइते चारै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 4 =