तीन अन्तर्राष्ट्रियसहित ४३ संस्थाले निर्वाचनको पर्यवेक्षण गर्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् । निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो ।

आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजकसमेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरूले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए ।

त्यसैगरी, आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् ।

विदेशी पाहुना, कुटनीतिक नियोगका प्रतिनिधि तथा दुतावासका प्रतिनिधिहरुलाई मतदानको दिन अनुगमनका लागि सहजिकरण गर्न परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरू परिचालन भएको पनि आयुक्त जबराले जानकारी दिए । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =