रुकुम पश्चिममा जनार्दनलाई उज्यालो नेपालका नरेन्द्रको समर्थन

काठमाडौं । रुकुम पश्चिमको चुनावी प्रतिस्पर्धाले नयाँ मोड लिएको छ । उज्यालो नेपाल पार्टीका तर्फबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवार नरेन्द्र केसीले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का उम्मेदवार जनार्दन शर्मालाई समर्थन गर्ने घोषणा गरेका छन् ।

शुक्रबार बिहान एक पत्रकार सम्मेलनको आयोजना गर्दै केसीले शर्माको पक्षमा उभिने निर्णय सार्वजनिक गरेका हुन् । जिल्लाको समग्र विकास र निर्माणका लागि शर्मासँग सहकार्य गरेर अगाडि बढ्ने सहमति जुटेको उनले बताए । सोही सहमतिअनुरूप आफ्नो उम्मेदवारीलाई निष्क्रिय राख्दै शर्मालाई विजयी गराउन सहयोग गर्ने केसीले भने ।

यस क्षेत्रमा शर्मालाई यसअघि नै नेकपा एमालेले पनि आफ्नो समर्थन दिइसकेको छ । एमाले र उज्यालो नेपाल पार्टीको समेत साथ पाएपछि शर्माको चुनावी माहोल थप बलियो बनेको छ । अब रुकुम पश्चिमको चुनावी मैदानमा प्रलोपाका जनार्दन शर्मा, नेपाली कांग्रेसका राजु केसी, नेकपाका गोपाल शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मानबहादुर शाहीबीच रोचक भिडन्त हुने पक्का भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − three =