सामान्य घट्यो डलरको मूल्य, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बिहीबारको तुलनामा अमेरिकी डलरको भाउ सामान्य घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १४५ रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १४५ रुपैयाँ ७६ पैसा रहेको छ ।
युरो एकको खरिद मूल्य १७१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्री दर १७२ रुपैयाँ ३ पैसा रहेको छ । स्वीस फ्रयाङ्क एकको खरिददर १८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ०९ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ३० पैसा र बिक्रीदर नौ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ २२ पैसा र बिक्रीदर २१ रुपैयाँ ३१ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।











