देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ

काठमाडौँ । देशका विभिन्न जिल्लाबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार इलाम, झापा, सुनसरी, नवलपरासीपूर्व र कैलालीबाट उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूबाट खैरो हेरोइन, गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र पाइने विभिन्न औषधि बरामद गरिएको प्रहरीले जनाएको छ । सम्बन्धित जिल्ला प्रहरी कार्यालयहरूले नियमित रूपमा सञ्चालन गरेको गस्तीका क्रममा शंका लागेर जाँच गर्दा प्रतिबन्धित पदार्थ फेला परेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 5 =