इनरुवामा निर्वाचन कर्मचारीलाई तालिम
२०८२ फागुन १३ गते

इनरुवा । निर्वाचनमा खटिने कर्मचारीका लागि जिल्ला सदरमुकामपनि १६७ मतदानस्थलमा खटिने कर्मचारीका लागि तालिम सञ्चालन भइरहेको छ ।
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने कर्मचारीका लागि तालिम इनरुवा–५ स्थित सारदा माविमा आयोजना गरिएको जिल्ला निर्वाचन अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।
जिल्लामा चार निर्वाचन क्षेत्र रहेको जनाउँदै उहाँले १६७ मतदानस्थलमा खटिने कर्मचारीलाई निर्वाचन सुरक्षा, लाइन व्यवस्थापनलगायत विषयमा तालिम दिन थालिएको बताए । तालिम शुक्रबार समापन हुने निर्वाचन कार्यालय सुनसरीले जनाएको छ ।
२०८२ फागुन १३ गते
प्रतिक्रिया
सम्बन्धित








