कांग्रेसप्रति सकारात्मक माहोल बनिरहेको छः महामन्त्री पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देशभर आफ्नो पार्टीप्रति सकारात्मक माहोल बनिरहेको बताएका छन् ।

धौलागिरिबाट काठमाडौँमा आएर बसोबास गरिरहेका कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा आज उहाँले देशभर कांग्रेसको पक्षमा सकारात्मक माहोल बनिरहेको बताए ।

महामन्त्री पौडेलले देश विकासका लागि ‘भिजन १०’ का साथ अघि बढेकाले पार्टीका उम्मेदवारका पक्षमा सकारात्मक प्रतिक्रिया आइरहेको उल्लेख गरे । “देशैभर सकारात्मक माहोल बनिरहेको छ, यसले आगामी निर्वाचनमा हामीलाई राम्रो नतिजा आउने वातावरण बन्छ”, उनले भने ।

कार्यकर्ता र आमनागरिकको अपेक्षाअनुसार कांग्रेस नीतिगत र देश बदल्ने योजनामा समेत प्रष्ट भएको उल्लेख गर्दै महामन्त्री पौडेलले यो विषय सबैमाझ बुझाउन उम्मेदवार, नेता कार्यकर्ता र शुभेच्छुक सबै लाग्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 1 =