दक्षिण अफ्रिकाविरुद्ध चलेन भारतको ब्याटिङ, ७६ रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकपको सुपर ८ चरणमा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको सानदार जित दर्ता गरेको छ । नरेन्द्र मोदी रंगशालामा भएको खेलमा १८८ रनको लक्ष्य पछ्याएको भारत १८.५ ओभरमा मात्र १११ रनमा समेटिएपछि दक्षिण अफ्रिकाले सेमिफाइनलको यात्रा बलियो बनाएको हो ।

भारतको ब्याटिङ लाइनअप दक्षिण अफ्रिकी बलरसामु पूर्णतः निरीह देखियो । ओपनर इशान किसन शून्यमै आउट भएपछि दबाबमा परेको भारतका लागि शिवम दुवेले सर्वाधिक ४२ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ दिएनन् । अभिषेक शर्मा १५ र कप्तान सूर्यकुमार यादव १८ रनमा आउट भए । भारतलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका मार्को जेन्सेनले घातक बलिङ गर्दै ४ विकेट लिए भने केशव महाराजले ३ विकेट चट्काए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८७ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । उसका लागि डेभिड मिलरले ४५ बलमा ६३ रनको उत्कृष्ट इनिङ खेले । त्यस्तै, डेवाल्ड ब्रेभिसले ४५ र ट्रिस्टन स्टब्सले ४४ रनको योगदान दिएका थिए ।

भारतका लागि जसप्रित बुमराहले १५ रन खर्चिएर ३ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । अर्शदीप सिंहले २ विकेट हात पारे । यो जितसँगै दक्षिण अफ्रिकाले सुपर ८ को अंक तालिकामा महत्त्वपूर्ण स्थान सुरक्षित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 15 =