नेपालमा बढ्दो वायु प्रदूषणप्रति ब्ल्याकंडेकरको ध्यानाकर्षण

काठमाडौँ । पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर जोखिमपूर्ण रूपमा बढ्दै गइरहेको छ । विशेषगरी हिउँदे सुख्खायामको यस समयमा वायु गुणस्तर सूचकाङ्क (AQI) निरन्तर अस्वस्थकर स्तर (आज १५० भन्दा माथि) पुगिरहेको सन्दर्भमा, सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको ब्ल्याकं डेकरले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बदलिँदो मौसम, धुलो र धुवाँका कारण आम नागरिकको दैनिक जीवन र श्वासप्रश्वास स्वास्थ्यमा पर्न सक्ने प्रभावलाई लिएर कम्पनीले सजगता अपनाउन अनुरोध गरेको छ ।

‘बाह्य वातावरणको प्रदूषणलाई तत्काल नियन्त्रण गर्न सम्भव नभए पनि, हाम्रो घर र कार्यालयभित्रको हावालाई सुरक्षित र स्वच्छ राख्न सकिन्छ’, सिजी इलेक्ट्रोनिक्सका आधिकारिक प्रवक्ताले बताए ।

‘नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै, हामीले घरभित्रको प्रदूषण व्यवस्थापनका लागि एक भरपर्दो र प्रभावकारी समाधानको रूपमा ब्ल्याकंडेकरको एयर प्युरिफायरहरू बजारमा उपलब्ध गराएका छौं ।’

बाहिरको प्रदूषित हावा र PM2.5 जस्ता सूक्ष्म कणहरूबाट बच्न सामान्य भेन्टिलेसन मात्र पर्याप्त नहुने भन्दै यसै आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको ब्ल्याक+डेकरको AP3560-B5 एयर प्युरिफायरले आकर्षक डिजाइन र शक्तिशाली ३–चरणको फिल्टरेसन प्रणालीको संयोजनमार्फत तपाईंले फेर्ने हरेक सासमा शुद्धता र ताजगी सुनिश्चित गर्ने बताइएको छ ।

कम्पनीका अनुसार यसमा जडान गरिएको विशेष ३-चरणको सुरक्षा प्रणाली यस प्रकार छ:

  • प्र-फिल्टर  यसले धुलो, कपाल र घरपालुवा जनावरको रौँ जस्ता ठूला कणहरूलाई कैद गर्छ । यसले भित्र रहेका गहिरा फिल्टरहरूलाई सुरक्षित राख्नुका साथै तिनीहरूको आयु बढाउन
    मद्दत गर्छ ।
  • हेपा १३ फिल्टर यो एउटा फिल्टर हो जसले हावामा रहेका ०.३ माइक्रोन सम्मका ९९.९७% सूक्ष्म कणहरू (जस्तै: परागकण, धुवाँ, मसिनो धुलो र एलर्जी गराउने तत्वहरू) लाई सोस्ने क्षमता राख्छ ।
  • एक्टिभेटेड कार्बन फिल्टर  यसले दुर्गन्ध र हानिकारक भोलाटाइल अर्गानिक कम्पाउन्ड  लाई सोस्छ।

बढ्दो प्रदूषणको यस समयमा, सिजी इलेक्ट्रोनिक्स सम्पूर्ण आम नागरिकलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन र घरभित्रको वातावरणलाई स्वच्छ राख्न कम्पनीले अनुरोध गरेको छ । ग्राहकको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर ल्याइएका ब्ल्याकंडेकरका एयर प्युरिफायरहरू नेपालभरका सिजी इलेक्ट्रोनिक्सका
शोरुमहरू र आधिकारिक विक्रेताहरूमार्फत सहजै उपलब्ध हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 11 =