तीन मोटरसाइकल एकापसमा ठोक्किँदा दुई युवकको मृत्यु, दुई घाइते

काठमाडौं । सर्लाहीको ईश्वरपुर नगरपालिका-१३ मा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुईजना युवकको ज्यान गएको छ । बाँके-संग्रामपुर सडक खण्ड अन्तर्गत ठिल्ला नजिक गएराति करिब ८ बजे भएको सो दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

दुर्घटनामा परी मृत्यु हुनेमा सर्लाहीको हरिपुर्वा नगरपालिका-९, मिर्चैयाका ३० वर्षीय मुकेश राय र सोही उमेरका रामज्ञान राय रहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूलाई तत्काल उपचारका लागि मलंगवास्थित प्रादेशिक अस्पताल पुर्‍याइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले बताए ।

सोही दुर्घटनामा हरिपुर्वा नगरपालिका-९ कै २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । घटनाको वस्तुस्थिति बुझ्न र थप अनुसन्धानका लागि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनास्थलमा भारतीय नम्बरका तीनवटा मोटरसाइकल क्षतिग्रस्त अवस्थामा फेला परेका थिए । एउटै दिशाबाट आएका वा विपरीत दिशाबाट आएका मोटरसाइकल कसरी ठोक्किए भन्नेबारे प्रहरीले गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको उनले बताए । तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =