पश्चिमी वायुको प्रभाव : यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । नेपालको मौसमी प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मुलुकका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था विद्यमान छ ।

आज दिउँसो तराईका केही स्थानहरूमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ, जसका कारण जनजीवन र यातायातमा सामान्य प्रभाव पर्न सक्ने देखिएको छ । महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादलको चहलपहल रहने प्रक्षेपण गरिएको छ ।

मौसम प्रणालीको प्रभावका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भेगका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ । यी क्षेत्र बाहेक देशका अन्य भू-भागमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति पनि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसमी चलखेल जारी रहनेछ। विशेषगरी गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वाुनमान गरिएको छ । पहाडी भेगका थोरै स्थानमा भने छिटपुट वर्षाको सम्भावना रहेको भन्दै महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 14 =