पैदलयात्रीलाई मुक्का हान्ने कार चालक पक्राउ
२०८२ फागुन ५ गते

काठमाडौं । पैदलयात्रीलाई मुक्का हानेको आरोपमा एक व्यक्तिलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति कार चालक पारस बम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले जानकारी दिएका छन् ।
घटनापछि उनलाई ट्राफिक कार्यालय रामशाह पथमा लगिएको प्रहरीले जनाएको छ । उनले चप्पल कारखाना अगाडि एक पैदलयात्रीलाई मुक्का हानेका थिए ।
उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । भिडियोमा कारबाट झरेका ती व्यक्तिले गाली गर्दै पैदलयात्रीमाथि हातपात गरेको देखिन्छ । त्यसपछि एक महिला आएर गाली गरेको आवाज पनि भिडियोमा सुनिन्छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
२०८२ फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित








