हेटौंडामा पनि ‘खतरा’को सन्त्रास, सेनाले डिस्पोज गर्दा कार्टुनभित्र भेटियो प्लास्टिक

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१६, चिसापानीस्थित धरान-चतरा सडकखण्डमा आज बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । बीच सडकमा ‘खतरा’ लेखिएको शंकास्पद पोको देखिएपछि केही समय स्थानीयवासी र सवारी चालकहरू त्रसित बनेका थिए ।

मंगलबार बिहान सवा ५ बजेतिर अस्थायी प्रहरी पोस्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले सडकको बीचमा सेतो कपडाले बेरिएको अवस्थामा उक्त वस्तु फेला पारेको थियो । बाहिर स्पष्ट अक्षरमा ‘खतरा’ लेखिएकाले बम हुन सक्ने आशंकामा प्रहरीले तत्काल उक्त क्षेत्र सिल गरी नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौंडास्थित सेनाको टोलीले बिहान ८:१० बजे उक्त वस्तुलाई सुरक्षित रूपमा डिस्पोज गरेको थियो । डिस्पोज गर्ने क्रममा उक्त शंकास्पद वस्तुभित्र कुनै पनि विस्फोटक पदार्थ नभई केवल कार्टुन र प्लास्टिक मात्र भेटिएको प्रहरीले पुष्टि गरेको छ । कसैले सर्वसाधारणमा त्रास फैलाउने उद्देश्यले कार्टुनलाई कपडाले बेरेर सडकमा राखेको पाइएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =