आफ्नै निवासबाट दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।

उनी सोमबार साँझ भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराई का अनुसार प्रसाईंलाई नियन्त्रणमा लिएर परिसर ल्याउने प्रक्रिया भइरहेको छ ।

यसअघि पनि प्रसाईं २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । त्यसपछि २५ माघमा उनी हाजिरी जमानीमा छुटेका थिए ।

प्रहरीले यस पटकको पक्राउबारे थप विवरण सार्वजनिक गरिसकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − six =