कांग्रेसले बोलायो केन्द्रीय अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आन्तरिक अनुशासन र सांगठनिक मर्यादासँग सम्बन्धित विषयमा छलफल गर्न केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक आउँदो शुक्रबार दिउँसो १ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाइएको हो ।

पार्टीभित्र बढ्दै गएको अनुशासन उल्लंघनका घटना, उजुरीहरूको सुनुवाइ तथा आगामी सांगठनिक रणनीतिका बारेमा बैठकमा समीक्षा हुने बताइएको छ । कांग्रेसले पछिल्लो समय पार्टीको नीति र विधान विपरित गतिविधि गर्ने सदस्यहरूमाथि निगरानी बढाउँदै आएको सन्दर्भमा यो बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + eight =