सुनको मूल्यमा फेरि गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा ३ हजार रुपैयाँले घटेर ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन आइतबार छापावाल सुन तोलामा ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ४ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर ४ हजार ८६० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − two =