आइतबार सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन तोलामा २ हजार ३ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन शुक्रबार छापावाल सुन तोलामा ३ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै आइतबार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा ५ हजार रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर ४ हजार ९८५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 3 =