नेपाली काँग्रेस पनि वामपन्थी विचार र शक्तिको संवाहक हो: कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले आफूले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहक शक्तिको रूपमा लिएको बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो टिप्पणी गरेका हुन् ।

नेता थापाले विगत लामो समयदेखि नेपालको राष्ट्रिय राजनीतिमा बामपन्थी विचार र शक्तिहरूको वर्चश्व रहेको उल्लेख गर्दै नेपाली काँग्रेसले पनि सोही विचारधाराअनुसार आफूलाई अघि बढाएको दाबी गरे ।

उनले नेपाली समाजमा वैदिक मूल्य, मान्यता र परम्पराले जरो गाँडेर बसेको भएपनि त्यसको विपरीत साम्यवाद, मार्क्सवाद र समाजले दोहोर्‍याउने काम भएकाले मुलुकमा विडम्बनापूर्ण अवस्था आएको जिकिर समेत गरे ।

उनले भने ‘नेपालको राष्ट्रिय राजनीतिमा मूलतः बामपन्थी विचार र शक्तिहरूकै वर्चश्व रह्यो । मैले नेपाली काँग्रेसलाई पनि वामपन्थी विचार र शक्तिको संवाहकको रूपमा लिएको छु । किनभने राजनीति शास्त्रमा समाजलाई पनि लेफट आरेन्टेट पो्लिटिकल आईडियोलोजीको रूपमा लिने गरिन्छ । यो ७० वर्ष लामो वैचारिक यात्रामा उग्र साम्यवाददेखि प्रजातान्त्रिक समाजवाद नै हाबी रह्यो । एकातिर नेपाली जनमानस सनातन धर्म, संस्कृति, परम्पराप्रति आस्था राख्ने र त्यसैबाट मिश्रित वैचारिक अवधारणाबाट अनुप्राणित छ । वैदिक कालदेखिका मूल्य र मान्यताले नेपाली समाजमा बलियो जरो गाडेर बसेको छ । एकातिर प्राचीन वैदिक मूल्य र मान्यता र परम्परा नेपाली समाजको विशिष्ट चरित्र हो । तर अर्कोतर्फ राजनीतिक रूपमा भने त्यसको ठिक विपरीत मान्यता राख्ने साम्यवाद, मार्क्सवादवाद, समाजवादले हाम्रो समाजलाई दोहोर्याउने, नेतृत्व दिने काम ग¥यो । त्यो विरोधाभासले मलाई घचघच्याई राखेको थियो । त्यो विडम्बनाको अन्त्य हुनुपर्छ भन्ने मेरो मान्यता हो ।’

नेता थापाले मुलुकलाई सही बाटोमा अघि बढाउन हिन्दु राष्ट्रसहितको राजसंस्थाको अपरिहार्य आवश्यकता रहेको अडान समेत दोहोर्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + six =