मुलुकको स्थिरताका लागि निर्वाचन अपरिहार्यः भण्डारी

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मुलुकलाई अस्थिरता र बारम्बार हुने विद्रोहबाट जोगाउन निर्वाचन महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाइ सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले एक शताब्दीमै चार वटा ठूला क्रान्ति र आन्दोलन व्यहोरेको नेपालले अब थप संकट धान्न नसक्ने उल्लेख गर्दै उनले भावी पुस्ताका लागि शान्त र अनुशासित मुलुक निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले मुलुकमा भएका राजनीतिक उतारचढाव र त्यसले ठूलो प्रभाव पारेको बताए । उनले राजनीतिक दल र नेतृत्वले यस विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने बताए ।

सञ्चारकर्मीहरूको भुमिकालाई उच्च प्राथमिकता दिँदै भण्डारीले समाचार संप्रेषणमा थप जिम्मेवार बन्न आग्रह गरे । सूचनाको विश्वसनीयता कायम राख्न ‘फ्याक्ट चेक’ (तथ्य जाँच) को महत्वबारे प्रकाश पार्दै उनले सत्य र विश्लेषणमा आधारित समाचारले मात्र समाजलाई सही दिशा दिने दाबी गरे । सञ्चारकर्मीहरूलाई सक्षम बनाउन प्रशिक्षण र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेमा उनको विशेष जोड थियो ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मुलुकलाई अनुशासन र लयमा फर्काउनुपर्ने आवश्यकता औंल्याए ।

आगामी पुस्ताले सधैँ आन्दोलन र विद्रोह मात्र देख्नुपर्ने अवस्थाको अन्त्य गरी शान्ति र अमनचयन कायम भएको मुलुकमा गौरवशाली नागरिकका रूपमा बाँच्न पाउनुपर्ने उनको भनाइ छ ।

उनले आलोचना मात्र गर्ने प्रवृत्तिको सट्टा सकारात्मक कार्यको सम्मान गर्ने संस्कार विकास गर्न सबैलाई आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 15 =