मंगलबार सुनको मूल्य बढ्यो, चाँदीमा गिरावट
२०८२ माघ २७ गते

काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।
यस्तै मंगलबार चाँदीको मूल्य भने सामान्य घटेको छ । सोमबार तोलामा ५ हजार २५० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर ५ हजार २४० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६१ हजार ९२० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार ४९३ रुपैयाँमा कारोबार भईरहेको छ ।
२०८२ माघ २७ गते
प्रतिक्रिया
सम्बन्धित










