राप्रपा बलियो शक्ति नभए जेनजी विद्रोह भन्दा ठूलो दुर्घटना हुन्छः राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले आसन्न निर्वाचनमा आफ्नो पार्टी विजयी नभए देश जेनजी आन्दोलनको भन्दा ठुलो दुर्घटनामा फस्ने चेतावनी दिएका छन् ।
आइतबार काठमाडौँका पार्टीका उम्मेदवारहरूको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सो चेतावनी दिएका हुन् । अध्यक्ष लिङदेनले देशलाई दुर्घटनामा फस्न नदिन पनि आम मतदाताले राप्रपालाई विजयी गराउनै पर्ने जिकिर गरे । ‘राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो पार्टी कमजोर बन्ने हो । र, संसद्मा यसको उपस्थिति कमजोर बन्ने हो भने मैले यत्रो सञ्चार मध्यामको अगाडि भनेको छु–राष्ट्रिय प्रजातन्त्र पार्टीले भोली कुने विध्वंस गर्छ, विद्रोह गर्छ । देशमा दुर्घटना हुन्छ भनेर धम्की लगाएको होइन । तर राष्ट्रिय प्रजातन्त्र पार्टी जस्तो उपस्थिति त्यहाँ कमजोर भयो भने निकट भविष्यमै यिनीहरूकै अकर्मण्यताका कारण आलोकाँचो व्यवहारका कारण देश अस्तिको भन्दा ठूलोृ दुर्घटनातर्फ जाने सुनिश्चित छ । देशलाई थप दुर्घटनामा जान नदिन पनि राप्रपालाई मतदाताले जिताउन जरुरी छ’ उनले भने ।
उनले राप्रपाले कुनै धम्की दिने पक्षमा नरहेको उल्लेख गर्दै देशलाई बचाउनका लागि निर्वाचनमा विजयी गराउनुपर्ने बताए । राप्रपाले देशलाई दुर्घटनाबाट बचाउनका लागि निर्वाचनलाई उपयोग गर्ने नीति लिएको अध्यक्ष लिङदेनको भनाई थियो ।
अध्यक्ष लिङदेनले फेसबुकलगायतका सामाजिक सञ्जाललाई हेरेर मतदान गर्न नहुने समेत बताए ।








