स्वास्थ्य बीमाबारे सरकारले तत्काल संसदलाई जानकारी गराउनुपर्छः दाहाल

काठमाडौं । राष्ट्रिय सभामा नेकपा (एमाले)की सांसद तुलसाकुमारी दाहालले स्वास्थ्य बीमामा देखिएको समस्याबारे स्पष्ट जानकारी संसदलाई गराउन सरकारसँग माग गरेकी छन् ।

शुक्रवार बसेको राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै उनले सो माग गरेकी हुन् । अस्पतालहरुमा बजेटको अभाव भन्दै सो कार्यक्रम बन्द भईरहेकाले सरकारले सो सम्बन्धमा के भएको हो भनि संसदमा जानकारी गराउनुपर्ने सांसद दाहालको भनाई थियो ।

उनले सर्वसाधारणलाई धेरै राहत भएको सो कार्यक्रमको लागि आवश्यक बजेटको व्यवस्था गर्ने कुरामा सरकारले ढिलाई गर्न नहुने बताइन् । ‘स्वास्थ्य विमाको विषयमा सर्वसाधारण जनताले उपयोग गरिरहेको विषयबस्तु अहिले अस्पतालहरुले सरकारले बजेट नदिएको कारण बन्द गर्नुपरेको भन्ने समाचारहरु बाहिर आइरहेका छन् । यस विषयमा सम्माननीय प्रधानमन्त्रीज्युले चासो लिएको भन्ने पनि सुनियो । यसको व्यवस्थापनका लागि के भएको हो, जानकारी गराउन म सरकारसँग माग गर्दछु’ उनले भनिन् ।

प्रधानमन्त्री सुुशीला कार्कीले पनि सो सम्बन्धमा चासो दिँदै आवश्यक स्रोतको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिइन् । सांसद दाहालले जनसरोकारका त्यस्ता विषयहरुको व्यवस्थापनमा सरकारले तत्काल निर्णय गर्न आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 1 =