झापा-५ मा यस्तो हुनेछ मतपत्र (नमुनासहित)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र (बालेन) शाहबीचको मुख्य प्रतिस्पर्धा मानिएको झापा निर्वाचन क्षेत्र नम्बर ५ को नमुना मतपत्र सार्वजनिक भएको छ।

निर्वाचन आयोगले तयार पारेको प्रत्यक्षतर्फको मतपत्रमा प्रमुख राजनीतिक दलका चिह्नहरूलाई पहिलो लहरमै समेटिएको छ । सार्वजनिक नमुना मतपत्र अनुसार, पहिलो लहरको सुरुमै एमाले उम्मेदवार ओलीको चुनाव चिह्न ‘सूर्य’ रहेको छ । त्यसपछि क्रमशः नेपाली कांग्रेसको ‘रुख’, नेपाल कम्युनिस्ट पार्टीको ‘पाँचकुने तारा’, रास्वपाका बालेन शाहको चुनाव चिह्न ‘घण्टी’ र राप्रपाको ‘हलो’ चिह्न राखिएको छ ।

देशव्यापी चासो रहेको यस क्षेत्रमा ओली र बालेनसहित कुल २४ जना उम्मेदवारहरू चुनावी मैदानमा छन् । मतपत्रमा अन्य दलहरू जस्तै जसपा, जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसनका साथै स्वतन्त्र उम्मेदवारहरूका लागि पनि विभिन्न चिह्नहरू तय गरिएका छन् । ‘हेभिवेट’ भिडन्तका कारण चर्चामा रहेको झापा ५ को यो मतपत्रले चुनावी सरगर्मीलाई थप बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =