अस्पतालमा करारका कर्मचारीसँगै मिलेर भ्रष्टाचार गरेको आरोपमा १० जना विरुद्ध मुद्दा दर्ता

काठमाडौँ । प्रादेशिक अस्पताल सिरहामा मिलेमतोमा कर्मचारी नियुक्ति गरी करारका कर्मचारीसंगै मिलेर भ्रष्टाचार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ ।

आज बिशेष अदालत, काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा गरेको हो ।

मिलेमतोमा कर्मचारी नियुक्ति गरी करारका कर्मचारीलाई ओपीडी लगायत काउन्टरमा राखी विगत लामो समयदेखि पचास लाखभन्दा बढी रकम हिनामिना गरेको भन्‍ने आरोप लगाइएको छ ।

महालेखापरीक्षकको अनुसन्धान अनुसार, आर्थिक वर्ष २०८०/८१ मा ८ वटा बिल काउन्टरबाट संकलन भएको रू.३,८७,६६,९७४.८३ मध्ये केवल रू.३,४८,८९,२५० मात्रै दाखिला भएको देखिएको छ ।

अस्पतालका प्रमुख डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादवले कर्मचारीहरूले संकलन गरेको रकम सफ्टवेयरबाट नै हेर्न पाउनेरसक्ने अधिकार रहेकोमा बदनियत राखी आपसी मिलेमतोमा आफ्नो पद र ओहदाको दुरूपयोग गरी रकम हिनामिना गरेको खुलाइएको छ।

प्रादेशिक अस्पताल सिरहाका तत्कालीन कार्यालय प्रमुखहरू डा. नागेन्द्र प्रसाद यादव र डा. सरोज यादव, प्रादेशिक अस्पताल सिरहाका तत्कालीन प्रशासन प्रमुख अशोक कुमार सिंह र तत्कालीन लेखा प्रमुख अशोक कुमार यादव विरुद्ध मुद्दा दर्ता गरिएको हो ।

साथै प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत अ.हे.व. श्याम कुमार मण्डल प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. पुजा कुमारी यादव, प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. सरस्वती कुमारी यादव, प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ. रोशन कुमार यादव, प्रादेशिक अस्पताल सिरहा विल काउन्टरमा कार्यरत स.क.अ.अजय कुमार मण्डल र प्रादेशिक अस्पताल सिरहाका तत्कालीन लेखा प्रमुख रत्न प्रसाद मण्डलको श्रीमती मुस्कान कुमारी मण्डल प्रतिवादी रहेका छन् ।

प्रतिवादी कर्मचारीहरूलाई हिनामिना, हानि र दुरूपयोगको कसुरमा सजायको माग गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − three =