बालेनको प्रचारमा गएका दिनेश सिटौला बेहोस, हेलिकप्टरबाट काठमाडौँ ल्याइयो (भिडिओ)
२०८२ माघ १६ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहको चुनावी प्रचारमा अछाम गएका चलचित्र पत्रकार बेहोस भएका छन् ।
नुवाकोट घर भएका ४४ वर्षीय दिनेश सिटौला (चलचित्र पत्रकार समेत रहेका) बुधवार बिहान एक्कासी बेहोस भएपछि सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
अछामका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले हेर्दा हृदयघात जस्तो देखिएको र उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको मकालुखबर लाई जानकारी दिए ।

काठमाडौँदेखि नै बालेन सँग चुनावी अभियानमा गएका उनी अछाम स्थित भूपदेव शाहको क्षेत्रमा पुगेका थिए ।
सिटौलाको स्वास्थ्य अवस्था बारे थप बुझेर जानकारी दिने रास्वपाका एक नेताले बताए । सिटौला चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष समेत हुन् ।
२०८२ माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित








