बालेन लक्षित काँग्रेस सांसद भट्टको टिप्पणी : देश जलाउनेहरूबाट कुनैपनि खालको अपेक्षा गर्न सकिँदैन

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभाका सांसद नारायणदत्त भट्टले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहप्रति आक्रोश व्यक्त गरेका छन् ।

बुधवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले साहले भदौ २४ गते देशलाई खरानी बनाउने कामको नेतृत्व साहले गरेको आरोप लगाउँदै त्यस्ता व्यक्तिले प्रधानमन्त्री भएर मुलुकको मुहार फेर्छ भन्ने कुनै ग्यारेन्टी नभएको बताए ।

सांसद भट्टले साहले काठमाडौं महानगरपालिकाको जिम्मेवारी पूरा नगरेकोमा पनि आपत्ति जनाए । एउटा जिम्मेवारी पूरा नहुँदै अर्को जिम्मेवारी जाने, पत्रकारको नाममा मन्त्री बन्ने अनि सांसद बन्ने खोज्नेहरूले संविधान बनाउने, देश र जनताका लागि रगत, पसिना बगाउने नेताहरूलाई पुराना भनेर अर्ति उपदेश दिने काम कुनै पनि हालत जायज नभएको उनले जिकिर गरे ।

सांसद भट्टले उनले भने, ‘देशलाई खरानी बनाउनेहरूले देशको मुहार फेर्छ भन्ने के ग्यारेन्टी छ ? आफ्नो एउटा जिम्मेवारी छोडेर अर्को जिम्मेवारीमा जाने । आफू एउटा मिडिया हाउसको सबभन्दा ठूलो पत्रकार भनेर उभ्याएर मन्त्री खाने अनि माननीय हुन जाने बाँकी तपाई हामी जस्ता विचारले बाँधिएका, विचारले जनताका लागि, देशका लागि रातदिन खटिने मानिसहरू बदनाम हुँदै जाने । पुरानाका नाममा म उहाँहरूलाई भन्न चाहन्छु–बुबाआमा पनि पुराना भए होलान । बुबाले कमाएको सम्पत्ति पनि पुरानो भयो होला । त्यो सम्पत्ति पुरानो भयो होला । त्यो सबै फाल्नुस् । र, आफूले कमाएर आफैँ आफ्नो खुट्टामा उभिएर देखाउनुस । अर्कोले बनाएको संविधान, अर्काले रगत बनाएको संविधानमा उभिएर आज तपाई जसलाई अर्ति उपदेश दिँदै हुनुहुन्छ । अनुरोध गर्न चाहन्छु–सुध्रिनुहोस् । यो राष्ट्र र राष्ट्रियता कसैको बाउको वपौती होइन ।’

सांसद भट्टले सामाजिक सञ्जालमा स्टन्टबाज गर्नेबाट पनि देशलाई जोगाउनुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =