सामाजिक सञ्जालमार्फत निर्वाचनमा गलत सन्देश दिने उम्मेदवारहरूलाई कारबाही गर्नुपर्छ : मदनकुमारी साह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी राष्ट्रिय सभाकी प्रमुख सचेतक मदनकुमारी साह गरिमाले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधवार बसेको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै उनले सामाजिक सञ्जालमा गलत र भ्रामक समाचार प्रवाह गर्ने व्यक्ति र उम्मेदवारलाई तत्काल कारबाही गरी निर्वाचनलाई निष्पक्ष रूपमा सम्पन्न गर्न सरकारसँग माग गरेकी हुन् । प्रमुख सचेतक साहले गलत सन्देशको भरमा नपर्न आम मतदातालाई पनि अपिल गरिन् ।

उनले भनिन्, ‘म मतदाताहरूलाई अपिल र अनुरोध गर्दछु–सामाजिक सञ्जालमा आएको सबै कुराहरू सत्य हुँदैनन् । भेरीफाई गरेर मात्रै बुझौँ । गलत र भ्रामक सन्देश सम्प्रेषण गर्ने व्यक्ति र उम्मेदवारलाई कानूनको दायरामा ल्याई निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन म अध्यक्षमार्फत सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रमुख सचेतक साहले निर्वाचनमा गलत सन्देश दिने काम कुनै पनि दल र उम्मेदवारले गर्न नमिल्ने पनि स्पष्ट पारिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 11 =