उज्यालो क्षेत्रमा मेरो काम नेपालको लागि सफल मोडेल हो: कुलमान घिसिङ

काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ऊर्जा क्षेत्रमा आफूले गरेको काम नेपालका लागि एउटा सफल मोडेलका रूपमा स्थापित भएको दाबी गरोका छन् ।

मंगलवार काठमाडौँमा आयोजित उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले सो दाबी गरेका हुन् ।

उनले मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन बनाउँदै घर–घरमा रोजगारी सिर्जना उज्यालो नेपाल पार्टी प्रतिबद्ध रहेको बताए । मुलुकलाई कृषि, खानेपानी र रोजगारीको क्षेत्रमा आत्मनिर्भर हुनको लागि आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनेपालाई मतदान गर्न आह्वान पनि गरे ।

अध्यक्ष घिसिङले हाल मुलुक परनिर्भरतातर्फ उन्मुख हुँदै गएको उल्लेख गर्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सफल भएपनि क्षेत्र अझै कमजोर अवस्थामा रहेको बताए । उनले मुलुकको समग्र विकासका लागि रोडम्यापसहित छिट्टै पार्टीको घोषणा पत्र सार्वजनिक गर्ने बताए ।

उनले भने ‘नेपालको ऊर्जा क्षेत्रमा मैले गरेको काम एउटा मोडेलको रूपमा स्थापित भएको छ । अब नेपालको हरेक घरघरमा रोजगारी सिर्जना हुनुपर्छ । हरेक व्यक्ति सम्पन्न हुनुपर्छ । देशलाई आत्मनिर्भर बनाउनुपर्छ । आज देश परनिर्भरतातिर अगाडि बढेको छ । हामीले ऊर्जामा आत्मनिर्भर बनायौँ । अरू सबैजसो क्षेत्र अहिले आत्मनिर्भर हुन सकेका छैनन् । कृषिमा आज हामीले सबै कुरा आयात गरेर खानुपर्ने स्थिति छ । त्यसकारण आज आर्थिक रूपमा आत्मनिर्भर देशको रूपमा नेपाललाई स्थापित गर्नको लागि, देशभित्रै रोजगारी सिर्जना गरी हरेक व्यक्तिको अनुहारमा उज्यालो ल्याउनको लागि उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुहोला ।’

उनले यातायात, शिक्षा र स्वास्थ्य तथा विद्युत् समेत निःशुल्क गर्ने भिजन आफूसँग रहेको दाबी पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =