लोकतन्त्र जोखिममा छ, कांग्रेसलाई बलियो बनाऔँ: रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले मुलुकको लोकतन्त्र जोखिममा रहेको बताएका छन् ।

सोमबार स्थानहद फुकुवापछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुगेका लेखकले वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको उल्लेख गर्दै संविधान र लोकतन्त्र जोगाउन कांग्रेस बलियो हुनुपर्ने बताए ।

“अहिले देश अप्ठ्यारो अवस्थामा छ, संविधान लिकबाट बाहिर गएको छ, लोकतन्त्र जोखिममा छ,” लेखकले भने, “यस्तो अवस्थामा सबै साथीहरू एकजुट भएर कांग्रेसलाई जिताउन र बलियो बनाउन लाग्नुपर्छ ।”

उनले देशको अवस्था सामान्य नरहेकाले संविधानलाई सही लिकमा ल्याउन कांग्रेसको जित आवश्यक रहेको धारणा राखे । त्यसका लागि कांग्रेसका उम्मेदवारलाई विजयी गराउन सबै कार्यकर्ताले सक्रिय भूमिका खेल्नुपर्ने उनको भनाइ थियो ।

स्थानहद फुकुवा भएपछि लेखक पहिलो पटक आफ्नो निर्वाचन क्षेत्रमा आएका हुन् । नेपाली कांग्रेसले लेखकको निर्वाचन क्षेत्र कञ्चनपुर क्षेत्र नम्बर ३ मा पूर्व जिल्ला सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =