नेशनल लाइफद्वारा कोशी प्रदेशका अभिकर्ताहरूलाई एक दिने तालिम

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ली।ले कोशी प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरूमा आबद्ध भई कार्य गर्दै आएका अभिकर्ता समूहलाई एक दिने तालिम प्रदान गरेको छ ।
प्रेरणा, प्रगति र पेसागत उत्कृष्टताको साथ प्रस्तुत गरेको मासिक योजना ‘मन्थन २०८२’ अन्तर्गत तोकिएको बीमाशुल्क संकलन गरी छनौट भएका १२० जना अभिकर्ताहरूलाई ईलामको फिक्कल स्थित होटल एकोम (Hotel Accom) मा अन्तर्राष्ट्रिय प्रशिक्षक सैयद अल्फाज अहमदले बीमा क्षेत्र कै चर्चित उपाधि एमडिआरटिको लक्ष्य पूरा गर्ने उपायका बारेमा विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा एजेन्सी विभाग प्रमुख सुशील प्रताप राणाले अभिकर्ताहरूलाई आफ्नो पेसामा उत्कृष्टता हासिल गर्नका लागि कम्पनीले विभिन्न योजनाहरू मार्फत प्रशिक्षण प्रदान गर्दै आइरहेको परिप्रेक्षमा मासिक योजना मन्थन २०८२ जारी गरिएको बताए ।
कोशी प्रदेशमा रहेका विभिन्न शाखामा रही उत्कृष्ट कार्य गरी शाखा स्तरीय प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई पोलिसी सर्भिसिङ्ग विभाग प्रमुख सुस्मिता राणाले मायाको चिनो प्रदान गरेकी थिइन् ।
सहभागी अभिकर्ताहरूले आफ्नै क्षेत्रमा चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षकबाट तालिम लिने अवसर जुराई दिएकोमा कम्पनीप्रति हार्दिक आभार व्यक्त गरेका थिए भने सम्मानित हुने अभिकर्ताहरूले सम्मान प्राप्त गर्दा आफूले गरेको मेहनत कदर भएको बताए ।








