राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट मात्रै सम्भव छैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा संगठनलाई आधुनिकीकरण र द्रुत परिचालनयोग्य बनाउनेतर्फ सरकार अग्रसर रहेको बताएका छन् ।
शुक्रवार सशस्त्र प्रहरी बलको २५ औं सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आफूहरु वाधक नभइ साधन बनेर दीर्घकालीन महत्व र उपलब्धिका लागि योजनाका रुपमा मन्त्रालयमा आएका कुनैपनि कुरालाई रचनात्मक एवं सकारात्मक सहयोग गरिरहेको उल्लेख गरे ।
उनले राष्ट्र निर्माण कुनै एक निकायको एकल प्रयासबाट सम्भव नहुने बताए । उनले सीमा सुरक्षालाई संस्थागत र दिगो बनाउने उद्देश्यका साथ सशस्त्र प्रहरी बल नेपाललाई सीमामा केन्द्रित गर्न मन्त्रालयले रणनीतिक रुपमा अघि बढेको कार्यलाई निरन्तरता दिइरहेको बताए ।
अन्तर्राष्ट्रिय अभ्यास र नयाँ मापदण्डअनुरुप बिओपीहरुको विस्तार, विद्यमान बिओपीहरुको आधुनिकीकरण तथा सम्पूर्ण संगठनलाई प्रविधिमा आधारित लचिलो र द्रुत परिचालनयोग्य बनाउनेतर्फ हाम्रो ध्यान केन्द्रित रहेको जिकिर गरे ।
गृहमन्त्री अर्यालले सशस्त्र प्रहरी बलले गरेको काम महत्वपूर्ण र प्रशंसायोग्य रहेको बताए ।










