प्रतिनिधिसभा निर्वाचनः शुक्रवार उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने

काठमाडौं । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपालका उम्मेदवार रेशमलाल चौधरीको उम्मेदवारी खारेज गरेको छ ।

बिहीवार साँझ आयोगले चौधरीको उम्मेदवारी खारेज गरेको निर्णय सुनाएको हो । निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेकाअनुसार कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको छ ।

त्यस्तै आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर निर्वाचन अधिकृतको कार्यालयहरूबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरू खारेज भएका जानकारी दिए ।

उनले बिहीवार साँझ सात बजेसम्म उमेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने बताए । यदि आफूले दिएको उम्मेदवारी फिर्ता लिन चाहे शुक्रवार उमेदवारहरुले नाम फिर्ता लिनसक्ने बताए । ‘आयोगले स्वीकृत गरेको निर्वाचन कार्यक्रम बमोजिम उमेदवारहरुको विरुद्धमा परेको उजुरी उपर आज निर्वाचन अधिकृतको कार्यालयहरूबाट निर्णय भए बमोजिम चारवटा उजुरीहरू खारेज भएका छन् र एउटा उजुरी कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर एकमा नागरिक उन्मुक्ति पार्टी नेपालका रेशमलाल चौधरीको उमेदवारी विरुद्ध परेको उजुरीमा उजुरी कायम हुनेगरी उहाँको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको कार्यालयबाट निर्णय भएको जानकारी हाम्रो सूचना प्रविधिको प्रणालीबाट निर्वाचन आयोगलाई प्राप्त भएको छ । यस बमोजिम आज ७ बजेसम्म उमेदवारहरुको नामावली प्रकाशन हुन्छ र भोलि उमेदवारहरुले आफ्नो नाम फिर्ता लिने कार्यक्रम रहेको छ’ उनले भने ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रयोजनका लागि देशभर माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता भएको थियो । जसमा ५ जना उम्मेदवारविरुद्ध उजुरी परेको थियो ।

भक्तपुर २ मा दुई वटा, सुनसरी २, रौतहट १, कैलाली १ मा भने एक—एक वटा उजुरी परेका थिए । जसमध्ये ४ वटा उजुरी खारेज भएका छन् भने रेशमलाल चौधरीको उम्मेदवारी भने खारेज भएको निर्वाचन आयोगले जनाएको छ ।

माघ ९ गते नै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह पनि प्रदान गर्ने आयोगको तयारी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =