शिक्षामन्त्री महाविर पुनले पनि दिए राजीनामा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले राजीनामा दिएका छन् । पुनले आफ्नो अभियानमा लाग्न मंगलबार बिहान पदबाट राजीनामा दिएका हुन् ।

अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सन्जाल मार्फत् पुनले राजीनामा दिएको पुष्टि गरेका छन् । ‘महाविर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनुभयो’ अर्थमन्त्री खनालले लेखेका छन् ।

यसअघि ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिएर उज्यालो नेपाल पार्टीको अध्यक्ष हुँदै चुनावी मैदानमा उत्रिएका छन् । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेलले पनि राजीनामा दिँदै राजनीतिमा लागेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 5 =