एमालेद्धारा रूपन्देही र पाल्पामा उम्मेदवार परिवर्तन, ठाकुर गैरेलाई टिकट

काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशका दुई जिल्लामा यसअघि तय गरिएका उम्मेदवार परिवर्तन गरेको छ । पार्टी केन्द्रले अन्तिम समयमा निर्णय सच्याउँदै रूपन्देही र पाल्पाका उम्मेदवार हेरफेर गरेको हो ।

एमाले स्रोतका अनुसार पाल्पा क्षेत्र नं. २ मा पार्टीका केन्द्रीय सदस्य ठाकुर गैरेले आधिकारिक टिकट पाएका छन् । यसअघि सो क्षेत्रमा रामबहादुर राउतले टिकट पाउने चर्चा चले पनि अन्ततः नेतृत्वले गैरेलाई नै अघि सार्ने निर्णय गरेको हो । एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कँडेलले भने, ‘पाल्पा-२ मा ठाकुर गैरेलाई नै टिकट दिने निर्णय भएको छ। म उहाँको टिकट लिएर जाँदै छु, अब उहाँ नै आधिकारिक उम्मेदवार हो ।’

यसैगरी, पार्टीले रूपन्देही क्षेत्र नं. ४ मा पनि उम्मेदवार परिवर्तन गरेको छ। सो क्षेत्रमा यसअघि एमाले जिल्ला कमिटी उपसचिव सुनिता ठठेरलाई उम्मेदवार बनाउने निर्णय भएको थियो । यद्यपि, ठठेर स्वयम्‌ले निर्वाचन लड्न इच्छा नदेखाएपछि उनको स्थानमा हजरत अलीलाई टिकट दिइएको छ । ठठेर एमालेको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय नेतृ हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =