शेखर कोइराला गगन थापासँग मिल्ने कुरा सत्य होइन : सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको सचिवालयले टिकट वितरण र सभापति गगन थापासँग सहकार्यबारे समाचारमा आएका विवरणलाई खण्डन गरेको छ ।

सचिवालयले जनाएको छ, ‘देशैभरबाट टिकट माग्न आउने नेताहरुको भिड लागेको छ । तर कहाँ बसेर कसरी र कुन मापदण्डमा टिकट बाँडिदैछ त्यसको अहिलेसम्म कुनै जानकारी छैन ।’

सचिवालयले डा.शेखर कोइराला र गगन थापासँग मिलेर जाने भन्ने कुरा समाचारमा आइरहेको भएपनि त्यसमा कुनै सत्यता नरहेको बताए ।

‘आजसम्म विशेष महाधिवेशनबाट आएको केन्द्रीय समितिका कसैले पनि कुनै माध्यमबाट डा. कोइरालासँग सम्पर्क वा कुराकानी गरेका छैनन्’ सचिवालयले भन्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =