राप्रपाले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीले सोमवार नै सबै क्षेत्रको उम्मेद्वार टुंग्याउने बताएका छन् ।

सोमवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सबै निर्वाचन क्षेत्रका उम्मेद्वार टुङ्ग्याएर सार्वजनिक गर्ने बताएका हुन् ।

उनले देश अब निर्वाचनतर्फ अगाडी बढेको बताए । निर्वाचनको लागि राप्रपा पूर्ण तयारी भएको पनि उनले बताए ।

उनले आगामी निर्वाचनलाई आन्दोलनको अभिन्न अंगको रूपमा प्रयोग गर्ने बताए । उनले आगामी निर्वाचनलाई नेतृत्व परिवर्तनको मात्रै नभई व्यवस्था परिवर्तनको लागि सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने ‘मुलुक अब जबरजस्त चुनावतर्फ अगाडी सरिसकेको छ । यस सन्दर्भमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आजै आफ्ना उम्मेद्वारहरुको पूर्ण सूचि केही समयपछि सार्वजनिक गर्नेगरि टुङ्गो लगाउँदै छ । हामी पनि चुनावमा तयारी भएर अगाडी आएका छौँ । प्रजातान्त्रिक पार्टी भएको नाताले चुनावमा सहभागी हुने, सहभागी हुने मात्रै होइन चुनावलाई आन्दोलनको अभिन्न अंगको रूपमा प्रयोग गर्ने निष्कर्षमा पुगेर हामीले चुनावको प्रारम्भ सुरु गरिसकेका छौँ र चुनावको लागी हामी पूर्ण तयारी भएका छौँ ।’

उनले देशको राष्ट्रवादी शक्तिको नेतृत्व राप्रपाले मात्रै गर्ने पनि दाबी गरे । राजसंस्था, सनातनी हिन्दुराष्ट्र र राष्ट्रवादी मान्यतालाई अङ्गाल्ने शक्तिहरू राप्रपामा धुव्रिकृत भइरहेको पनि जानकारी दिए ।

कार्यक्रममा पत्रकार गजेन्द्र बुढाथोकी, कानुन व्यवसायी भद्रप्रसाद नेपाल लगायत राप्रपामा प्रवेश गरेका थिए । बुढाथोकी राप्रपाको समानुपातिक सूचिमा छन् भने नेपाललाई झापा क्षेत्र नम्बर २ बाट राप्रपाले उम्मेद्वार बनाउने भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − twelve =