काठमाडौँ महानगर प्रहरीको प्रमुखमा एसपी विष्णुप्रसाद जोशी

काठमाडौं । काठमाडौँ महानगरपालिका महानगर प्रहरी बलका प्रमुख एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन् ।

यसअघिका नगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डेले राजीनामा दिएपछि वरिष्ठताका आधारमा जोशीले महानगर प्रहरी बलको कमान्ड सम्हालेका हुन् ।

जोशी यसअघि काठमाडौँ महानगरपालिकाको विपद् व्यवस्थापन प्रमुख र मध्ये क्षेत्र कमान्ड प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन् । पाण्डेलाई प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाँईले निलम्बन गर्दा पनि जोशीले निमित्त प्रमुखको रूपमा काम गरेका थिए ।

राजनीतिमा लाग्ने घोषणा गर्दै महानगरका मेयर बालेन्द्र शाह (बालेन) सँगै पाण्डेले पनि हिजोदेखि लागू हुने गरी राजीनामा दिएका थिए । पाण्डेको राजीनामा स्वीकृत भएसँगै जोशीले आजबाट औपचारिक रूपमा नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका हुन् ।

पदभार ग्रहण गरेलगत्तै जोशीले नगर प्रहरीका सिनियर अधिकृतहरूसँग छलफल गर्दै आवश्यक निर्देशन दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − 6 =