रास्वपाले टुंग्यायो थप निर्वाचन क्षेत्रका उम्मेदवार, झापा २ मा इन्दिरालाई टिकट !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि थप निर्वाचन क्षेत्रमा उम्मेदवार निश्चित गरेको छ ।
हिजो राति अबेरसम्म बसेको पार्टी बैठकले नुवाकोट क्षेत्र नम्बर १ मा डा. विक्रम तिमिल्सिना र क्षेत्र नम्बर २ मा डा. अच्युतम लामिछानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दाङ क्षेत्र नम्बर ३ बाट कमल सुवेदी उम्मेदवार बनेका छन् ।
रास्वपाका अनुसार लमजुङमा धर्म केसी, झापा १ मा निशा डाँगी, झापा २ मा पूर्वउपसभामुख इन्दिरा राना मगर, झापा ३ मा प्रकाश पाठक, झापा ४ मा शम्भु सुस्केरा ढकाल र झापा ५ मा बालेन्द्र शाह (बालेन) उम्मेदवार रहेका छन् ।
यस्तै नवलपुर क्षेत्र नम्बर १ मा राजन गौतमले टिकट पाएका छन् । जुम्लाबाट विनिता कठायत, कञ्चनपुर ३ बाट ज्ञानेन्द्र महता, दोलखाबाट इञ्जिनियर जगदीश खरेल, मोरङ १ बाट अधिवक्ता यज्ञमणि न्यौपाने र मोरङ ३ बाट गणेश कार्की उम्मेदवार बनेका छन् ।
ओखलढुंगामा विश्वराज पोखरेल, स्याङ्जा १ मा धनञ्जय रेग्मी, बाजुरामा हेमराज थापा, बागलुङ २ मा जेनजी युवा सोम शर्मा र रामेछापमा डा. कृष्णहरि बुढाथोकीलाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी तनहुँ क्षेत्र नम्बर २ मा श्रीराम न्यौपाने र धादिङ क्षेत्र नम्बर २ मा बोधनारायण श्रेष्ठले रास्वपाको टिकट प्राप्त गरेका छन् ।









