उत्तरी चीनतर्फका थप नाकाहरू खुलाउने तयारी

काठमाडौँ । सरकारले उत्तरी चीनतर्फका थप नाका खुलाउने गरी गृहकार्य गरेको छ । सरकारले कोरोला, किमाथाकासहितका नाकाहरू खुलाउनका लागि गृहकार्य थालेको हो ।

तातोपानी, रसुवागढी नाकामा खासगरी बर्खायाममा निकै समस्या आउन थालेपछि अन्य वैकल्पिक नाकाहरूमा संरचना तयार गरेर भन्सार बिन्दुहरू विस्तार गर्ने काम भइरहेको भन्सारका विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले बताए ।

उत्तरी नाका रसुवा र तातोपानी नाकाहरू अहिलेसम्म रहँदै आएका थिए । रसुवा नाकामा गत असार २६ गतेको बाढीले बन्द भएको थियो । तातोपानीमा पनि पहिरो गएर बाटो अवरुद्ध हुँदा बर्खायाममा उक्त नाका सञ्चालनमा आउन सकेको थिए । वैकल्पिक रूपमा कोरोला नाका सञ्चालनमा ल्याइएको थियो । त्यहाँ कुनै क्वारेनटाइनहरू थिएन तर पनि सो नाकामा आसिकुडा सिस्टम लागू गराएर भन्सारबाट सामान जाँचपास हुने व्यवस्था मिलाइएको थियो ।

त्यतिबेला जुत्ताचप्पलदेखि विद्युतीय गाडीहरू ठुलो परिणाममा कोरोला नाका हुँदै व्यवसायीहरूले भित्राएका थिए । सोही नाका हुँदै २ हजार भन्दा बढी इभी गाडीहरू जाँचपास गरेर व्यवसायीहरूले भित्राएका थिए । ११७ ओटा कन्टेनरबाट १९ करोडको निकासी भएको थियो ।

दसैँ लक्षित समानहरू ल्याउन महत्त्वपूर्ण बनेको कोरोला नाकामा थप सुविधासम्पन्न पूर्वाधारहरू बनाएर सञ्चालनमा ल्याउन लागिएको हो ।

तातोपानी र रसुवागढी नाकाको भर हुन छाडेपछि कोरला, किमाथांकासहितमा संरचनाहरू बनाएर पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी भएको महानिर्देशक भण्डारी बताए ।

महानिर्देशक भण्डारीले भने ‘कोरोला नाकामा भौतिक संरचना बनाउन हामीले बजेट नै छुट्टाएका थियौँ । हामीले पूर्वाधार आफैँ बनाउन खोजेको चाइनिजहरूले हाम्रो जस्तो संरचना छ,हामीले नै त्यस्तै बनाइदिन्छौ भनेपछि कोरोला नाकामा पूर्वाधार बनाउन छुट्टाएको रकम हामीले फिर्ता गरेका छौँ । त्यहाँ सुविधासम्पन्न संरचना बन्दैछ । अन्यत्र नाकामा पनि चाइनिजहरूले सडक संरचना बनेपछि सञ्चालनमा ल्याउन सहयोग गछौँ भन्नुभएको छ । हामीले आफ्नो संरचना विस्तार गर्ने कुराहरूमा प्रयास भइरहेको छ । किमाथांकामा अहिले पनि १ दिनको बाटो हिँड्नुपर्छ । बाटो पुर्याउन बाँकी छ । ओलाङचुङ गोलामा जेनजीहरुले नै नाका खोल्नुपर्याे भनिरहेका छन् । त्यहाँ बाटो बन्दैछ ।’

उनका अनुसार उत्तरी नाका सञ्चालन गर्न भुगालले अप्ठ्यारो केही पारिरहेपनि पूर्वाधार निर्माणका काम चलिरहेको छ ।

महानिर्देशक भण्डारीकाअनुसार जनावरी १ देखि रसुवाको नाका सञ्चालनमा आएको छ । अहिले पनि बाटोहरू वान वे छन्, खुलाउने प्रयास भइरहेको छ । सडक विभागसँग समन्वय भइरहेको छ । तातोपानी पनि सञ्चालनमा आइरहेको छ ।

ओलाङचुङगोल, किमाथांका लगायतका नाकाहरू खुलाउने प्रयास भइरहेको छ । चीनतर्फ सडक पूर्वाधारहरू बनिसकेका छन् र नेपालतर्फ त्यस्ता पूर्वाधार बनाएर सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अहिले यी नाकामा नायव सुब्बा सरहका कर्मचारीहरू खटाएर केही सहजीकरण भइरहेको छ । जस्तो अहिले ओलाङचुगोलामा बाटो पुग्ने क्रममा छ, त्यहाँ पुल हाल्नुपर्ने अवस्था छ । बाटो पुगेर पुल भइसकेपछि नाका सञ्चालनमा आउनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =