जसपाका महासचिव इश्तियाक राई र पूर्वमन्त्री प्रदीप यादव एमाले प्रवेश

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का महासचिव एवम् पूर्वमन्त्री मोहम्मद इश्तियाक राई नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले गएराति पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

सोही कार्यक्रममा जसपाबाट जसपा नेपालमा प्रवेश गरेका अर्का पूर्वमन्त्री प्रदीप यादव पनि एमालेमा प्रवेश गरेका छन् ।

प्रदीप यादव र मोहम्मद इश्तियाक राई दुवै यसअघि केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + ten =