राष्ट्रियसभाका तीन सदस्यद्वारा पदत्याग

काठमाडौं । राष्ट्रियसभाका तीन सदस्यले राजीनामा दिएका छन् ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरू वामदेव गौतम र नारायणकाजी श्रेष्ठ तथा नेकपा (एमाले) की भगवती न्यौपानेले राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष राजीनामा पेस गरेको संसद्का प्रवक्ता एकराम गिरिले बताए ।

नेकपा नेता गौतम बर्दिया–१, श्रेष्ठ सर्लाही–३ र न्यौपानेले तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न पदत्याग गरेका हुन् । उनीहरूको कार्यकाल आगामी फागुन २० गतेसम्म थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 16 =