विश्वकपको ग्लोबल छनोट : थाइल्यान्डविरुद्ध टस हारेर ब्याटिङमा नेपाल

काठमाडौं । काठमाडौँमा सुरु आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले थाइल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा थाइल्यान्डले टस जितेर पहिले बलिङ रोजेपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीले ब्याटिङ गर्ने भएको हो ।

नेपालको प्लेइङ ११
विन्दु रावल, सम्झना खड्का, काजल श्रेष्ठ, पूजा महतो, इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, कविता जोशी, कविता कुँवर, सीता रानामगर, रिया शर्मा र सुमन विष्ट

प्रतियोगिताको समूह ‘बी’ मा रहेको नेपालले यस चरणमा थाइल्यान्डसहित नेदरल्यान्ड्स, जिम्बाबे र स्कटल्यान्ड जस्ता अनुभवी टोलीहरूसँग प्रतिस्पर्धा गर्नेछ । विश्वकपको टिकट काट्न नेपालले सुरुमा समूह चरणको शीर्ष तीनभित्र पर्नुपर्नेछ । शीर्ष तीनमा अटाएका टोलीहरू ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछन् ।

सुपर सिक्सको खेलपछि तालिकाको शीर्ष चारमा रहने टोलीहरूले सिधै विश्वकपमा स्थान सुरक्षित गर्ने प्रावधान रहेको छ । नेपाली टोलीका लागि यो प्रतियोगिता केवल खेल मात्र नभई इतिहास रच्ने एउटा सुनौलो अवसर पनि हो ।

नेपालले पहिलो पटक आफ्नै घरेलु मैदानमा यति ठूलो स्तरको महिला क्रिकेट छनोट आयोजना गर्ने मौका पाएको छ । घरेलु दर्शकको न्यानो साथ र परिचित पिचको फाइदा उठाउँदै नेपाली चेलीहरू पहिलो पटक विश्वकपमा पुगेर नयाँ कीर्तिमान कायम गर्ने दाउमा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 2 =