देउवा र गगन पक्ष निर्वाचन आयोग अगाडि आमनेसामने (तस्बिरहरू)

काठमाडौँ। नेपाली काँग्रेसका दुई समूह निर्वाचन आयोगमा आमनेसामने भएका भएका छन्।

आधिकारिताको माग गर्दै आयोग पुगेका शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता तथा कार्यकर्ताहरू आन्दोलनमा उत्रिएका हुन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपाबाट आएका देउवा समूहका कार्यकर्ताहरूले विशेष महाधिवेशनको विरोधमा नारा लगाइरहेका छन् ।

निर्वाचन आयोगको कार्यालयमा रहेका गगन पक्षका नेताहरूले पनि नाराबाजी गरिरहेका छन् ।

काँग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापालाई सभापतिमा निर्वाचित गरेको छ । यससँगै काँग्रेसमा देउवा पक्ष र गगनपक्षबीच आधिकारिताको विवाद चुलिएको छ ।

तस्बिरहरू:-
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =