कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला (तस्बिरहरू)

काठमाडौँ। आज माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला २०८२ भृकुटीमण्डपस्थित बगैँचा परिसरमा सुरु भएको छ।

मेलामा रैथाने बीउ बिजन, परम्परागत कृषि प्रविधि, मौलिक खाना र प्रदेशस्तरीय खाद्य परिकारको प्रदर्शन, परम्परागत कृषि उपकरण, सांस्कृतिक झाँकी, नृत्य, गीत र कविता प्रस्तुति र रैथाने स्वाद, संस्कृति तथा ग्रामीण पर्यटनसँग सम्बन्धित जानकारी एवं परामर्श प्रदान गरिने स्टलहरू राखिएका छन्।

यसै गरी पुरानो रैथाने ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्दै कृषिमा युवाको आकर्षण बढाउने, रैथाने उत्पादनको व्यवसायीकरण गरी खाद्य सुरक्षा र स्वस्थ जीवनका लागि ‘आफ्नै माटोको उत्पादन’ उपभोग गर्न नेपालीहरूलाई प्रोत्साहित गर्न मेलाले टेवा पुग्ने विश्वास गरिएको छ।

तस्बिरहरू:-

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 11 =